बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

  • आइतवार, बैशाख १८, २०७९
सेयर गर्नुहोस् :
आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार