• होमपेज
  • देश
  • महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने प्रावधानबाट पछि हट्यो आयोग

महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने प्रावधानबाट पछि हट्यो आयोग

  • मङ्लबार, चैत्र २९, २०७८
महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने प्रावधानबाट पछि हट्यो आयोग

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने व्यवस्थाबाट निर्वाचन आयोग पछि हटेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोसम्बन्धी निर्देशनको बुँदा नम्बर ६ लाई सच्याएको जनाएको छ।

‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ,’ आयोगले भनेको छ।

यसअघि आयोगले ती पदहरुमध्ये कुनै एकमा मात्र उम्मेदवारी दिने दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने जनाएको थियो।

चर्चामा

सम्बन्धित समाचार