“भ्यु – टावर “चाहिंदैन सरकार !!
—————-
गाउँमा अग्ला अग्ला डांडाहरु छन
मलाई त्यहि भ्यु – टावर लाग्छ
बरु एऊटा बाटो बनाई दे सरकार
त्यहीँ पुग्ने एऊटा एम्बुलेन्स किनि दे सरकार
गाउँ मा राम्रो स्कुल छैन सरकार
गाउँ मा एऊटा कलेज छैन सरकार
गाउँमा एऊटा हस्पिटल छैन सरकार
भ्यु – टावर काे के काम सरकार ?
भ्यु – टावर काे कुरुप याेजना भन्दा
चिल्ला सडक बनाई दे सरकार
एऊटा राम्रो स्कुल खाेलिदे सरकार
एऊटा राम्रो कलेज खाेलिदे सरकार
भ्यु – टावर ले मेराे बिरामी सच्चाे बनाउदै
भ्यु – टावर ले गरिव काे भाेकाे पेट भरिदैन
सरकार बरु किसान लाई मल र बीउ दे
सरकार बरु सुकुम्बासी लाई बस्ती बसाइँ दे !
भ्यु – टावर ले खाडी मुलुक का युवा फर्किदैनन
बरु एऊटा उध्याेग खाेलिदे सरकार !
देशैभरि भ्यु – टावर किन चाहियो
बरु देशैभरि राेजगार दिलाई दे सरकार !
म त अाफ्नै दुख मा डुवेकाे छु सरकार
भ्यु – टावर हेर्न जान पनि समय हुदैन
म दस नङ्ग्रा खियाउछु दिनभर
राति दुखकाे निद निदाउछु सरकार !
करोडौं खर्च गरेर भ्यु – टावर किन सरकार
शिक्षा र स्वास्थ्य मा लगानी गर सरकार
भाेकाे पेट मिचेर म भ्यु – टावर हेर्न जांदिन
बिरामी अाँखा छन उपचार मिल्दैन !
भ्यु – टावर ले नेपाली जनताको रिण तिरिदैन
भिख मागेर रिण थुपारि भ्यु – टावर किन सरकार ?
भ्यु – टावर ले न्याय दिदैन सरकार
भ्यु – टावर ले सिमा जाेगिदैन सरकार
भ्यु – टावर काे सट्टा सिमाना मा काँडेतार लगा सरकार
सिमाना मा सुरक्षा भवन बना सरकार
भ्यु – टावर हाेईन सिमानामा सेना काे सङ्ख्या बडा सरकार
भ्यु टावर हाेईन सेनालाई हतियार ले सजा सरकार !
त्यसैले ,
भ्यु – टावर चाहिंदैन सरकार !
दक्षिण भारत पाण्डेचरि