• होमपेज
  • देश
  • स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

  • आइतवार, चैत्र १३, २०७८
स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं — आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।

३६ लाख मतदाता बढे

पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यस उपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो ।

२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते भएको थियो ।

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।साभार अनलाइनखबर ।

चर्चामा

सम्बन्धित समाचार