• होमपेज
  • समाज
  • आगोले जलेको बच्चा आर्थिक अभाबमा जिवनमरणको दोसाधमा

आगोले जलेको बच्चा आर्थिक अभाबमा जिवनमरणको दोसाधमा

  • बिहिबार, चैत्र १०, २०७८
आगोले जलेको बच्चा आर्थिक अभाबमा जिवनमरणको दोसाधमा

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका ६ बस्ने विनोद बुढाको छोरा ५ महिनाको छोरा कृष्ट्रिल बुढा आर्थिक अभाबमा जिवनमरणको दोसाधमा रहेको छ । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भब नभई धनगढी हुदै काठमाडौ पुयाएको उक्त बच्चाको उपचारमा आर्थिक अभाब भएको बुवा बिनोद बुढाले वताएका छन् ।
फागुन २६ गते बिहान घरमा आगलागि भएर बच्चाको तलको भाग जलेको थियो । अहिले अन्तराष्ट्रिय मैत्री बाल अस्पताल महाराजन्ज काठमाडौमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । चिकित्सका अनुसार ३० प्रतिशत शिरर जलेको वताएका छन् । बच्चा जलेको बढी समय भइसकेकाले बच्चालाई निमोनिया सँगै रगतमा पुरै संक्रमण फैलिएको वताएका छन् ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेको बच्चाको दैनिक ४० हजार भन्दा माथि खर्च भइरहेको वताएका छन् । कति दिन राख्नुपर्ने हो, कुनै निश्चित समेत नभएको अस्पातलले वताएको छ । बच्चाको अबस्था निकै गम्भिर भएकाले भेन्टिलेटरमा राखेर मात्र उपचार सम्भब भएको वताएको छ ।
बिनोद बुढाले भने बच्चाको उपचार गराउन अछाम जिल्लाको बयालपाटा अस्पतालमा ल्याएको र त्यहाँ पनि उपचार हुन नसकेर कैलाली जिल्लाको धनगढी स्थित मायामेट्रोमा ल्याएको वताए । फेरि त्यहाँ पनि उपचार हुन नसकेर काठमाडौको किर्तीपुर अस्पतालमा उपचारको लागि ल्याएको थियो । त्यहाँ आईसियु र भेन्टिलेटर नपाइएपछि अन्तराष्ट्रिय मैत्री बाल अस्पताल महाराजन्ज काठमाडौमा ल्याएर उपचार गरेको बुढाले वताएका छन् ।
अहिले सम्म ५ लाख बढी खर्च भइसकेको परिवारले जनाएको छ । रिन काढेर अहिले सम्म उपचार गरेका छौ, अब कसरी उपचार गर्ने बुढाले वताए । अझै ५ लाख बढी खर्च लाग्ने सक्ने अस्पतालले जनाएको छ । घरको पारिवारिक अवस्था एकदम नाजुक रहेको छ, सबैतिर हारगुहार गरिरहेको बिनोदले वताएका छन् । बच्चालाई बचाउनको लागि आर्थिक सहयोग गरिदिन बुढाले सहयोगि मनसँग अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार