मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • शिक्षा
  • छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

  • सोमवार, फाल्गुन २३, २०७८
छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बुटवल — अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार