नजामेना — मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ।
राजधानी एनजामेनाबाट आउँदै गरेको यात्रुवाहक बसले देशको तेस्रो ठूलो शहर अबेचेबाट आएको बससँग ठक्कर दिँदा आइतबार राति उक्त दुर्घटना भएको हो। –एएफपी