स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दल मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।
संघीय सरकारका सत्ता साझेदार दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर सङ्गठन विस्तार अभियानमा रहेका ठूला दल चुनाव केन्द्रित हुँदै आएका हुन् ।