• होमपेज
  • बाजुरा बिशेष
  • प्रजातन्त्र दिवसको अवसरमा बाजुरा कारागारका १ कैदीको सजाय मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा बाजुरा कारागारका १ कैदीको सजाय मिनाहा

  • शनिबार, फाल्गुन ७, २०७८
प्रजातन्त्र दिवसको अवसरमा बाजुरा कारागारका १ कैदीको सजाय मिनाहा

बाजुरा  — सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीबन्दीको सजाय मिनाहा गर्ने गरेको छ । प्रजातन्त्र दिवसकाे अवसरमा बाजुरा कारागारबाट १ जना कैदिकाे सजाय मिनाहा भएकाे छ ।  जीप दुर्घटना गराएर जेल बसेका एक जनाले ५० प्रतिशत जेल भुक्तान गरी सजाए मिनाहा भएकाेले उनलाइ छुटाएकाे जिल्ला कारागार बाजुराले जनाएकाे छ ।

मन्त्री परिषद्को सिफारिसमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् । राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीबन्दीहरु आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार