• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न

नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न

  • शुक्रबार, फाल्गुन ६, २०७८
नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न

बाजुरा — नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौ जिल्ला अधिवेशन पछिको दोस्रो बैठक कोल्टीमा वसेको सचिव भरत थापाले बताउनु भयो । पार्टी संगठन निर्माण र प्रदेश निर्वाचन कमिटी प्रदेश क का जनता सँगको साक्षात्कारका लागि बैठक कोल्टीमा आयोजना गरिएको एमाले बाजुराका सिचव भरत थापाले बताएका बताएको छन । पार्टी पदाधिकारीको मार्तडीमा बसेको बैठकले पूर्ण बैठक जिल्ला सदरमुकाम मार्तडी बाहिर गर्ने र पहिलो पटक कोल्टीमा गर्ने निर्णय गरेको थियो । पार्टी पदाधिकारीको बैठकले गरेको निर्णय अनुसार दोस्रो वैठक कोल्टीमा संचालन गरिएको पाटी सचिव भरत थापाले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षतामा संचालन भएको बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा रहनु भएको थियो । आजको बैठकले पार्टिको पहिलो बैठकवा सचिवालय गठन गरेकाको अनुमोदन गरेको र पालिकाका ईन्चार्जहरुको जिममेवारीपनि अनुमोदन गरिएको जनाइएको छ ।

आगामी स्थानीय तह निर्वाचनको रणनीति तय गर्ने विषयमा छलफल भएको सचिव थापाले जानकारी दिनुभयो । गाउँ गाउँमा संगठन घरघरमा एमाले मेरो वडा म जिताउँछु मेरो पालिका हाम्रो पालिका हामी जिताउँछौ भन्ने नारालाई आत्मसाथ गर्दै स्थानियत तहको चुनावमा केन्द्रीत हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार