• होमपेज
  • राजनीति
  • एमसिसिको विरोधमा बाजुरामा बन्दको प्रभाव यस्तो छ 

एमसिसिको विरोधमा बाजुरामा बन्दको प्रभाव यस्तो छ 

  • बुधबार, फाल्गुन ४, २०७८
एमसिसिको विरोधमा बाजुरामा बन्दको प्रभाव यस्तो छ 

बाजुरा — एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार र विद्यालयहरु बन्द गरेको हो ।
राष्ट्रिय स्वाधिनताको रक्षा गरौं राष्ट्रघाति एमसिसी विरुद्ध फागुन ४ गते आज नेपाल बन्द गरौ भन्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुरा सडकमा उत्रेको हो । दुवैदलहरुले बुधवार विहानैबाट बाजुराको सदरमुकाम मार्तडी बजार सहित जिल्ला भित्रिने र बाहिरीने यातायातका साधानहरु बन्द गराएका छन् ।
एमसिसीको विरोधमा सडकमा उत्रेका नेकपा, बैज्ञानीक समाजवादी यी दुवैदलहरुलाई नेकपा माओवादी केन्द्रका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

No description available.
सदरमुकाम मार्तडीमा बन्दको प्रभाव परेपछि जिल्लाका अन्य ठाउँहरुमा भने बन्दको कुनै प्रभाव नपरेको देखिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार