• होमपेज
  • समाज
  • मन्त्री आलेले ज्यान मार्ने धम्की दिएको अडिओ भाइरल

मन्त्री आलेले ज्यान मार्ने धम्की दिएको अडिओ भाइरल

  • मङ्लबार, फाल्गुन ३, २०७८
मन्त्री आलेले ज्यान मार्ने धम्की दिएको अडिओ भाइरल

बाजुरा–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएको सुन्न सकिन्छ। युवाले पनि मन्त्री आलेको गालीको जबाफ फर्काएका छन्। 

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव हेमन्त रेग्मीले आग्रह गरेका छन्।  नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त  गरेको छ।

यस विषयमा उनको सचिवालयले मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।

#दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार