धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन
यै भाग्य त छ जो चाहेर नि संशोधन हुदैन
आउछन जान्छन आउने जाने को त के कुरा
साथकै मान्छेसित पनि त आफ्नोपन हुदैन।
बैस हुदाँ त सोचिन्छन साहेद कैले मरिदैन
तर नसकिने तन अनि नढल्किने जोवन हुदैन।
एउटै कोखबाट जन्मिएका हौ भनेर नि के गर्नु
जब दाईको जस्तै मेरो पनि भाग्य ऐजन हुदैन ।
विश्वविध्यालय जाउ या जुनसुकै विषय पढ
वास्तममा व्यवहार भन्दा ठुलो अध्ययन हुदैन।