
अरूलाई भन्न सजिलोछ आफै गर्न गारो हुन्छ,
भन्नु भन्दा ब्यबहारमा उतार्न त अपठारो हुन्छ।
छैन आफुलाई कम्युनिष्ट भन्नेहरू भौतिकवादी,
बिचार संग ब्यबहार नमिले पछि अंध्यारो हुन्छ।
आकासमा पुगेर फर्किन्छन माटोलिएर दुनिया,
कुरितीलाई फालेपछिमात्र समाज उघारो हुन्छ।
सधै भरी आर्काको आश्रृतमा बांच्न खोज्नेहरू
आर्को देश संग अनुदान लिन पनि हतारो हुन्छ।
आत्मनिर्भर नहुँदासम्म त देशका नागरिकलाई,
स्वतन्त्र भई ज्युँन पनि धेरैभन्दा धेरै सारो हुन्छ।
भन्छन साम्राज्यवादले अनुदान सित्तैमा दिनेभो,
अंग्रेजको रिन त झन तिर्नै नसक्ने उधारो हुन्छ।
