बाध्यताले कर्मथलो जुन भएनी,
देशका नागरिकलाई देशकै माया हुन्छ।
यदि देश चलाउछौ भन्नेले देशकै दलाली गर्छ भने,
कर्मथलो चटक्कै छाडेर मातृभूमि बचाउन उ पुग्छ।।
एम् सि सि पास कुनैहालतमा,
गरिनुहुन्न देशमा।
यसको असली रुप अजिङ्गर हो,
आएको छ गुलियो मिठाइको भेषमा।।
खबरदार दलालहरु,
यसलाई बिनासर्त गर फिर्ता।
नेपाल होइन
साम्राज्यवादको बिर्ता।।
जनताले तिम्लाइ चुने,
देश समाल्नको लागि।
असुबिधा मै बसौला बरु,
चाइदैन सुबिधा देशलाई गरि सौदाबाजी।।
यसले देशको,
संबिधानलाइ नै निस्कृय पार्नेछ।
कालान्तरमा देशको,
अस्तित्वलाई नै मार्नेछ।।
नेपाली धर्तीमा बज्रनेछन्,
साम्राज्यवादी सिपाहीका बुटहरु।
राज्यसत्तामा पनि उनै आउने छन्,
उत्रने छन् तिम्रा पनि टाइ,सट,र सुटहरु।।
उसैको अधिनस्त हुनेछन्,
तिम्रा बाल बच्चाहरु पनि।
बनाउने छन् रखेल,
नारीहरुलाइ एक एक छानी छानी।।
सडकमा हेर बच्चा देखि बृद्दसम्म,
कति छचल्किएको छ सबैमा देशको माया।
यदि सुध्रिएनौ भने रहन दिने छैनन् जनताले,
देश भित्र तिमीहरूको पनि छाया।।