• होमपेज
  • सुचना प्रबिधी
  • मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्!

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्!

  • बिहिबार, माघ २७, २०७८
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यसरी हेर्नुहोस्!

काठमाडौं — सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरू गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उनका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सोमबारसम्म संकलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न यहाँ क्लिक  गर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार