• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको दोस्रो बैठक जिल्लाको कोल्टीमा बस्ने

नेकपा एमाले बाजुराको दोस्रो बैठक जिल्लाको कोल्टीमा बस्ने

  • बुधबार, माघ २६, २०७८
नेकपा एमाले बाजुराको दोस्रो बैठक जिल्लाको  कोल्टीमा बस्ने

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको दोस्रो बैठक जिल्लाको उत्तरी क्षेत्र कोल्टीमा बस्ने भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न पदाधिकारीकाे पहिलो बैठकले गरेका निणर्य सार्बजनिक गर्दै पत्रकार सम्मेलनमार्फत सो कुरा उल्लेख गरिएको हो ।
नेकपा एमाले बाजुराको पहिलो बैठक जिल्ला सदरमकाम स्थित पार्टी कार्यालयमा माघ २५ गते सम्पन्न पदाधिकारीकाे पहिलाे बैठकको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिएको छ । नेकपा एमाले बाजुरा जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य लाल बहादुर थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले बाजुराले जनाएकाे छ। माघ २५ गते सम्पन्न बैठकमा बिभिन्न निणर्य गरिएको पार्टी सचिव भरत थापाले सार्बजनिक गरेका थिए ।
पार्टीको आगामी दोस्रो बैठक जिल्लाको पूर्बी क्षेत्रमा रहेको कोल्टीमा बस्ने निणर्य गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले जानकारी दिएका छन । त्यसै गरी नेकपा एमाले बाजुराले आउदै गरेको स्थानीय तहको निर्बाचानलाई लक्षित गर्दै टोलटोलमा संगठन घर घरमा एमाले भन्ने नाराका साथ अभियान संचालन गरिने निणर्य भएको जनाएको छ । त्यसै गरी नेकपा एमालेको बिधान अनुरुप २४ ओटा बिभागहरु बाडफाड गरिएको सचिव थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । महत्पुणर् मानिएको संगठन बिभागको प्रमुखमा अमर खड्का र प्रचार बिभागमा काशी बिकलाई जिम्मेवारी दिएको बताए । त्यसै गरी अन्य बिभाग र पालिकाका संगठन प्रमुखहरुको पनि जिम्मेवारी सहित बैठकले निणर्य गरिएको बताए ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा संचालन भएको पत्रकार संम्लेनमा सघिंय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए । जिल्ला कमिटि सचिव भरत थापाले संचालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका उपाअध्यक्ष भरत बुढा, उपसचिव हरी रोकाया कार्यलय सचिव तथा प्रचार बिभाग प्रमुख काशी बिक जिल्ला कमिटि सदस्य अमर खड्का, रुक्मेणी शाह, माया कुवर, कल्पना महत लगायतका नेताहरुको उपस्थिती संग्ै जिल्लामा कृयाशिल पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार