किन चाहियो नेता भन जनताले नखोजेको,
साम्राज्य वादी त्यो धन जनताले नखोजेको।
खेल्नेछन भोलिका दीनहरूमा रगतकै होली,
न डाकौँ अंग्रेजको गन जनताले नखोजेको।
देश तिम्रोमात्र होईन तिनकरोढ नागरीको हो,
किन आयो ल्याउँने मन जनताले नखोजेको।
कहिले संघियता,कहिले बिप्पा र एम सी सी,
राष्ट्रघातिछ यो पनि झन जनताले नखोजेको।
न बनाउ बारूधको ढेर मात्रृत्व भूमि जोगाऊँ,
खरानी नपार यो रनबन जनताले नखोजेको।
शुन्दर सान्त हाम्रो देश हिमाल पहाड र मधेश,
नखोज बन्न नेताहरू डँन जनताले नखोजेको।
असलङ्गन राष्ट्रहो हाम्रो दुई देशको चेपेटमाछ,
कत्ति गुलाम हुन्न भनछन जनताले नखोजेको।
साम्राज्यवादले कयौं देशमा आकारमण गय्रो,
यो सँग छैन आफ्नो पन जनताले नखोजेको।