• होमपेज
  • कला /साहित्य
  • कविता– भै’गो नि बर्वाद

कविता– भै’गो नि बर्वाद

  • आइतवार, माघ १६, २०७८
कविता– भै’गो नि बर्वाद

रोकिन के बेर मुटुको चाल
यस्तै हो भने त यहाँ
बन्द हुन के बेर धड्कनको गति
दुनियाँ आक्रान्त भएको बेला
कोभिडले विश्वलाई फसाएको बेला
अब यहाँ राज कोरोना कै त छ नि !
देशको भलाइ गर्न नपाइ
यो सुगन्धित नेपाली मकाटोको
एक रत्ति ऋण तिर्न नपाइ
घाटको यात्रा तय भए त
भै’गो नि बर्वाद !
तिमी त एक राज नेता
डगमगाउँछ तिम्रा पछि पर्न कोरोना
किन भने तिमिसँग सारा चिज छ
देशै त मुठीमा खेलाएर हिड्छौ
म जस्ता अन्धभक्त भोटर त
दैजन्य केलाएर हिड्छौ
कति फाल्छौ, कति राख्छौ ?
प्रलोभनमा पारेर लियौ भोट
देश विकाश गरौला भन्ने आशा थियो
तर,
आफ्नै विकाश पो गयौ बाबै
चप्पल फेर्यौ,
बर्को फेर्यौखाने चिज फेर्यौ
बसाइ सर्यौ
गाउँ छोड्यौ
शहर पस्यौ
फकिएनौ कहिल्यै
आफु जन्मेको माटोमा
भुलिदियौ ति विचरा भोटर
आज त बोली पनि फेरीसक्यौ
आफ्नो मतलब पुरा गरेर
आलिसान गगनचुम्वि महलमा पुगेर
यो कुरा ज्ञात राख ए ! नेता जी
आहारा खोज्न उडेको पंक्षि
आकाश मै कहिल्यै उड्दैन
एक न एक दिन त्यो पनि भुँइमा बस्छ ।
तिमीबाट ठुलो आश गरेका छैनौ हामीले
बस्,
बाह्य स्याल र गिद्धहरूको पञ्जाबाट
अम्काइदेऊ हाम्रो देश नेपाललाई
शान्ति र सुशासनको बाटो रोज
म जिउँदो रहदासम्म
हामी जिउँदो रहदासम्म मात्रै होइन
युगौँ युगसम्म नेपाल नेपालै रहोस्
यसका लागि कदम चाल
ए ! नेताहरू,
अब कसैको गोटी नबन
देशलाई खेलमैदान नबनाउ
नेपाली र नेपाल आमाको
क्रन्दन र चित्कार महसुस गर
कति भएको होला पिडा ?
सबै चिज नसके पनि
आफ्नो बानि सुधार
त्यस पश्चात्
देश आफै सुधारीदै जाने छ ।

चर्चामा

सम्बन्धित समाचार