• होमपेज
  • समाचार
  • भिरबाट लडेर एकजनाको मृत्यु

भिरबाट लडेर एकजनाको मृत्यु

  • बुधबार, पुस २८, २०७८
भिरबाट लडेर एकजनाको मृत्यु

कैलाली — कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–२ बेलघारीका ५२ वर्षीय बलासिंह घर्ती मगरको भिरबाट लडेर मृत्यु भएको हो।

बुधबार घरदेखि नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका उनी भिरबाट लडेका थिए। भिरबाट लडेका उनको शव २ सय मिटर तल फेला परेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले बताए।

चर्चामा

सम्बन्धित समाचार