आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • इजरायलमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

इजरायलमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

  • शनिबार, पुस १७, २०७८
सेयर गर्नुहोस् :
इजरायलमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

इजरायल — कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको छ।

अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। यसैबीच इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ।

इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए। त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार