• होमपेज
  • समाचार
  • ६० वर्षमाथिका नागरिकलाई कोरोनाको तेस्रो मात्रा खोप दिने निर्णय

६० वर्षमाथिका नागरिकलाई कोरोनाको तेस्रो मात्रा खोप दिने निर्णय

  • बुधबार, पुस १४, २०७८
६० वर्षमाथिका नागरिकलाई कोरोनाको तेस्रो मात्रा खोप दिने निर्णय

काठमाडौं — सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निर्णय भएको  जानकारी दिए ।

उनले भने, अब हामीले जेष्ठ नागरिकलाई अतिरिक्त खोप दिन्छौं । यो अभियान अघि बढ्छ ।’ सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको छ । अहिले दैनिक ३ लाख बढिले कोरोनाविरुद्ध खोप लगाइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार