• होमपेज
  • समाचार
  • मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

  • बुधबार, पुस ७, २०७८
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

विराटनगर — मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ कमलपुरमा दुर्घटना हुँदा २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार लिम्बू प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित हुँदा मंगलबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय अजित लिम्बूको नोबेल अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार