समयको ठोस निर्णय गर्ने नेतृत्वको पहिचान हुनुपर्छ,
ब्यबहारमा उतार्न सक्ने नि त्यसमा प्रावधान हुनुपर्छ।
कलम,तरवार दुबै चलाउँन अनुसाशनको हुन्छ खांचो,
त्यसैले पनि नेतृत्व पुरै टिमको ठ्याक्कै शान हुनुपर्छ।
किनहो हिंजो आज धेरैलाई नेतृत्व छोप्ने रहर लाग्यो,
धेरैले भन्छन आफु नेतृत्वमा पुगे सबै निदान हुनुपर्छ।
त्यहि तरवार लेनिनले चलाए र ख्रुचेभले नि चलायो
दुनियां का क्रिन्तिकारी लाई उधारण समान हुनुपर्छ।
बर्ग शंघर्षको बागडोर छोप्ने ब्याक्तिको दृष्टिकोण मा,
दुनियां भरीका सर्वहारा गरिब एउटै सन्तान हुनुपर्छ।
ब्याक्तिगत स्वार्थभन्दा माथि उठेको क्रान्तिकारी को,
खुसी संसारका श्रमजीवी बर्गहरूकै उत्थान हुनुपर्छ।
सेते जस्ता सिकारूले त यत्ति मात्र बुझिन्छ मित्रहरू,
फुट मा होईन जुटमा भर्गिय जितका उखान हुनुपर्छ।
सुरेशकुमार पान्डे।