बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पहाडको बाटो उकाली र ओराली

पहाडको बाटो उकाली र ओराली

  • आइतवार, पुस ४, २०७८
पहाडको बाटो उकाली र ओराली

पहाडको बाटो उकाली र ओराली हुन्छ,
भरिएको बहान सधै प्रत्येक पालि हुन्छ।

थोत्रा हुन्छन सवारी साधन भिरमा पनि,
बस्न बाध्य टाडापुग्ने त्यो लेखाली हुन्छ।

निश्चितछैन गनतब्यमा पुग्ने रहरमात्रै हो,
हिलो माटोमा चिप्लो बाटो उकालि हुन्छ।

छैनन सरकारी सवारी साधन यो रूटमा,
बस खसेपछि कागजपत्र नि जालि हुन्छ।

गर्भै देखुन सफरमा परेका शन्तान हाम्रो,
बिदेशी बजारमा चौकिदार र मालि हुन्छ।

कोई सुरुङ्गभित्र मरे त कोई फोक्लैन्डमा,
सदियौं मर्ने मधेसी पहाडि हिमाली हुन्छ।

चर्चामा

सम्बन्धित समाचार