देशमा सधैका लागि अन्याय अत्याचार बन्द हुनुपर्छ,
जातिय आधारमा छुवा छुतको ब्यबहार बन्द हुनुपर्छ।
नियम कानून बनाएर मात्र हुँदैन दृष्टीकोण नै बदलौँ,
अब त राजनीतिको घिन लाग्दो ब्यापार बन्द हुँनुपर्छ।
साम्राज्यवादले देशलाई आफुतिर तान्न थालेको बेला,
सरकार यस्तो सन्धि सम्झौता गर्ने हतार बन्द हुनुपर्छ।
चुनावको बेलामा मात्रै जान्छौ जनतालाई छक्काउने,
नेता भएपछि भोटसँग मात्रैको यो प्यार बन्द हुनुपर्छ।
आफ्नो देशसँग मायाँ नगर्ने देशका नेता हुनै सक्दैनौ,
अब त देशका नेता मजदुर हौं,साहुकार बन्द हुनुपर्छ।
जेल बनाएकाछौ देशभक्तका लागि प्रतिकृयावादीले,
अबको पालो त्यो जेलमा देशका गद्दार बन्द हुनुपर्छ।