• होमपेज
  • राजनीति
  • तीन सहमहामन्त्री पदको मतगणना शुरू

तीन सहमहामन्त्री पदको मतगणना शुरू

  • बिहिबार, पुस १, २०७८
तीन सहमहामन्त्री पदको मतगणना शुरू

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् ।

अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार