इस्तानबुल — टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २ः ५० बजे (सोमबार 2350 GMT) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ।
विदेशी परिचय भएका चार बालबालिकाले आगलागीमा ज्यान गुमाएका छन्। बच्चाकी आमा र अर्को बच्चालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ। यस विषयमा न्यायिक र प्रशासनिक अनुसन्धान थालिएको छ। रासस