बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

  • सोमवार, मंसिर २७, २०७८
मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ — नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो-हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।

भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिँउसो ३ बजेसम्म ८सयभन्दा बढी मत खसेको छ ।

१४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार बिहान ११ बजेदेखि मतदान सुरु भएको हो । महाधिवेशनमा करिब ४६भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।कान्तिपुरबाट प्रकाशन ।

चर्चामा

सम्बन्धित समाचार