सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • तालमा हाम फालेका युवकको उद्धार

तालमा हाम फालेका युवकको उद्धार

  • आइतवार, मंसिर २६, २०७८
तालमा हाम फालेका युवकको उद्धार

जनकपुरधाम — सर्लाहीमा तालमा हाम फालेका एक युवकको प्रहरीले उद्धार गरेको छ ।

बाग्मती नगरपालिका-१२ स्थित भरत तालमा हाम फालेका रौतहटकाे चौपुर नगरपालिका ५ बस्ने २५ बर्षका सागर कार्की शनिबार दिउँसो हाम फालेका थिए । एक्कासी हाम फालेको देखेपछि स्थानिय तथा घुम्न आएका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनको उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उद्धार गरिएका उनलाई उपचारको लागि मोडेल अस्पताल कर्मैया पठाईएको प्रहरीले जनाएको छ ।

उनले किन हाम फाले सन्दर्भमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार