न्युयोर्क — अमेरिकामा विनाशकारी आँधीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ। केन्टकीका गर्भनरले यो संख्या अझै बढ्नसक्ने बताएका छन्। उनका अनुसार कम्तिमा ७० देखि एक सयमसम्म मृतक संख्या बढ्ने छ।
गर्भनर एन्डी बेशियरले विनाशकारी आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताएका छन्। त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेबो बताइएको छ। न्युयोर्क टाइम्सका अनुसार केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका छन्। गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।