चितवन– बाघको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदी रहेका छन्।
सुवेदीलाई बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले खाएको बताइएको छ। सुवेदीको शरीरका केही भाग मात्र बाँकी रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।