
नोएडा — एक महिलाले आफ्नो छ वर्षीया छोरीको हत्या गरेको खुलासा भएको छ। भारतको नोएडा प्रहरीका अनुसार अनुराधा नाम गरेकी महिलाले आफ्नो बच्चाको हत्या गरेर जंगलमा लगेर गाडेकी थिइन्। आफ्नो श्रीमानलाई फसाउनका लागि आफ्नै छोरीको हत्या गरेको प्रहरीसँगको बयानमा ती महिलाले भनेकी छन्।
गत १२ नोभेम्बरमा जंगलमा बच्चाको शव फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा ती बच्चाको नाम र उनका आमा बुबा प्रहरीले फेला पारेका थिए।
प्रहरीका अनुसार अनुराधा र रामकुमारबीच विवाह भएको थियो। उनीहरुको चार जना छोरी थिइन्। रामकुमारले अर्को विवाह गरेपछि दुवै जना कहाँ दुई दुई जना छोरीहरु बस्ने गर्थिन्। रामकुमारको फ्लाट कब्जा गर्न अनुराधाले आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ।
