• होमपेज
  • राजनीति
  • नायिका रेखा थापाले राप्रपा महामन्त्रीमा उम्मेदवारी दिने

नायिका रेखा थापाले राप्रपा महामन्त्रीमा उम्मेदवारी दिने

  • बिहिबार, मंसिर १६, २०७८
नायिका रेखा थापाले राप्रपा महामन्त्रीमा उम्मेदवारी दिने

 राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन्। आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ।

उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ। राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन्।

रेखा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन्। महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन्।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ।

आज उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ।

बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुनेछ।

चर्चामा

सम्बन्धित समाचार