• होमपेज
  • समाचार
  • लागुऔषधसहित एक युवक पक्राउ

लागुऔषधसहित एक युवक पक्राउ

  • मङ्लबार, मंसिर ७, २०७८
लागुऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलबाट २८ वर्षीय हेमन्त सिंह नायकलाई पक्राउ गरिएको हो।

लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले नायकलाई चेकजाँच गर्दा उनको साथबाट ८ सय ५० मिलीग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका नायकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

चर्चामा

सम्बन्धित समाचार