• होमपेज
  • समाचार
  • प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते

प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते

  • बिहिबार, मंसिर २, २०७८
प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते

सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित कम्तीमा सात कानुन व्यवसायी घाइते भएका हुन्।

घाइते हुनेहरूमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा र ऋषिराम घिमिरे पनि रहेका छन्। घाइते भएका बार केन्द्रीय सदस्य महर्जनलाई उपचारका लागि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ। उनको टाउको, छाती र खुट्टामा चोट लागेको ललितपुर बारका सदस्य बाबुकृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार अस्पतालले घाइते महर्जनको सिटी स्क्यान र एक्स–रे गर्ने तयारी गरेको छ।

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलनलाई थप सशक्त ढंगले अघि बढाउने चेतावनी दिएका छन्। नयाँ पत्रिकाबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार