• होमपेज
  • समाचार
  • लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

  • मङ्लबार, कार्तिक २३, २०७८
लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा लागऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो।

म१प ६२४३ नम्बरको मोटरसाइलमा सवार उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
निज पन्तलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

चर्चामा

सम्बन्धित समाचार