• होमपेज
  • राजनीति
  • सुदुरपश्चिममा कति पुगे एमाले संगठित सदस्य ? यस्तो छ कैलालीदेखि बाजुरासम्मका ९ जिल्लाको बिवरण

सुदुरपश्चिममा कति पुगे एमाले संगठित सदस्य ? यस्तो छ कैलालीदेखि बाजुरासम्मका ९ जिल्लाको बिवरण

  • सोमवार, कार्तिक २२, २०७८
सुदुरपश्चिममा कति पुगे एमाले संगठित सदस्य ? यस्तो छ कैलालीदेखि बाजुरासम्मका ९ जिल्लाको बिवरण

डडेलधुरा नेकपा एमालेको सुदुरशपश्चिम प्रदेशमा ८२ हजार २ सय ४४ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै सुदुरपश्चिम प्रदेशले ९ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।

एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार डडेलधुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित सदस्य रहेका छन ।
अध्यक्ष थापाका अनुसार कैलालीमा २२६४३, कञ्चनपुरमा ९३१५, डोटीमा ६५००, डडेलधुरामा ४५४३ सदस्य पुगेका छन । यस्तै अछाममा ६०००, बझाङमा ७०००, बाजुरामा ११९६३, बैतडीमा ८०८० र दार्चुलामा ६३०० संगठित सदस्य पुगेका छन । सवै जिल्लाका गरी ८२ हजार २ सय ४४ पुगेको अध्यक्ष थापाले बताउनु भयो ।

यस्तो छ ९ जिल्लाको बिवरण
कैलाली : २२६४३
कञ्चनपुर : ९३१५
डोटी : ६५००
डडेलधुरा : ४५४३
अछाम : ६०००
बझाङ : ७०००
बाजुरा : ११९६३
बैतडी : ८०८०
दार्चुला : ६३००
जम्मा : ८२२४४

चर्चामा

सम्बन्धित समाचार