• होमपेज
  • समाचार
  • जग्गाका विषयमा विवाद हुँदा दाङमा तीन जना घाइते

जग्गाका विषयमा विवाद हुँदा दाङमा तीन जना घाइते

  • बिहिबार, कार्तिक १८, २०७८
जग्गाका विषयमा विवाद हुँदा दाङमा तीन जना घाइते

दाङमा दुई परिवारबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्।

शान्तिनगर गाउँपालिका वडा नम्बर ५ बाबियाचौरमा गए राति दुई परिवारबीच झगडा भएको थियो।

तीन महिनाकी सुसंस्कृति कुँवर, ३३ वर्षीया सीता कुँवर र ३० वर्षका प्रकाश कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए। कुटपिटमा संलग्न रहेको आरोपमा ५६ वर्षकी पीमा बुढाथोकी, ४६ वर्षका कमल बुढाथोकी र १८ वर्षका प्रमोद बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जग्गाका विषयमा दुई परिवारबीच विवाद भएको थियो। एक परिवारले धान भित्र्याउन खोज्दा अर्को परिवारले चिर्पटलगायतले प्रहार गरी अर्को परिवारलाई घाइते बनाएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार