• होमपेज
  • समाचार
  • कैलालीमा एक पुरुषको शव फेला

कैलालीमा एक पुरुषको शव फेला

  • सोमवार, कार्तिक १५, २०७८
कैलालीमा एक पुरुषको शव फेला

धनगढी — कैलालीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका -३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।

शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्दाजी ५०/५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार