• होमपेज
  • समाचार
  • जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • आइतवार, कार्तिक १४, २०७८
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कैलाली — कैलालीमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेको छन । जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित छत्रबहादुर बोगटीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी, हेमन्त रावल, वर्ष ६० का नन्दराम धमला, वर्ष ३८ का प्रेम भण्डारी र वर्ष २६ का राज अधिकारी रहेका छन ।

यस्तै वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र देवकोटा, वर्ष ३२ का टेकराज अधिकारी, वडा नम्बर २ बस्ने वर्ष २३ का प्रशान्त धामी र वर्ष ४५ का भक्तराज जोशीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनीहरुका साथबाट ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास बरामद गरिएको उनले बताए । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार