
सिरहा — सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको कल्याणपुर नगरपालिका–१० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।
व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
