• होमपेज
  • राजनीति
  • गण्डकीमा डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ

गण्डकीमा डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ

  • सोमवार, अशोज २५, २०७८
गण्डकीमा डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको थियो। मुख्यमन्त्री पोखरेलले मन्त्रीको सपथ लिन बोलाए पनि सपथ ग्रहणमा भने डोवाटेको ठाउँमा व्यवसायी सांसद विन्दुकुमार थापालाई सपथ खुवाइएको थियो।

दलित सांसदलाई सपथ ग्रहण समारोहमा बोलाएर नाम काट्ने र व्यवसायीलाई मन्त्री नियुक्त गरेको भन्दै त्यतिबेला गठबन्धन सरकारको आलोचना भएको थियो। सांसद डोवाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको मुख्यमन्त्री पोखरेलले बताए।

उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आइतबार डोवाटेले भेटेका थिए।

भेटघाटमा प्रधानमन्त्रीसमक्ष डोवाटेले सभापतिको आशीर्वादको आशा राख्छु भनेका थिए। जवाफमा सभापति देउवाले मेरो आशीर्वाद रहिरहन्छ भनेको डोवाटेले जानकारी दिए। देउवाकै निर्देशनमा डोवाटेलाई मन्त्री बनाउन लागेको एक सांसदले बताए।

मुख्यमन्त्री पोखरेलनिकट स्रोतले भने यसअघि नै डोवाटेलाई मन्त्री बनाउने तयारी भएको जनाएको छ। अघिल्लो साता काठमाडौं पुगेर मुख्यमन्त्री पोखरेलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर डोवाटेलाई मन्त्री बनाउने निर्णय गरेको जनाएको छ।

मन्त्रीको सपथ खान जाँदा बाटैमा छुटाइएका डोवाटेको कथा

चर्चामा

सम्बन्धित समाचार