• होमपेज
  • राजनीति
  • काँग्रेस बाजुरा पाटि सभापति चक्र शाहको उम्मेद्धवारी सहित प्यानल घोषणा

काँग्रेस बाजुरा पाटि सभापति चक्र शाहको उम्मेद्धवारी सहित प्यानल घोषणा

  • आइतवार, अशोज १७, २०७८
काँग्रेस बाजुरा पाटि सभापति चक्र शाहको उम्मेद्धवारी सहित प्यानल घोषणा

बाजुरा–नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनमा काँग्रेस नेता चक्र शाहले पाटि सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । शाहले सभापति सहित आफ्नो प्यानल समेतको घोषणा गरेका छन् ।
नेता शाहले आफु कुनै प्यानल, गुट भन्दा पनि नेपालि काँग्रेस बाजुराको उम्मेद्धवार रहेको वताएका छन् । आफु न देउवा न सिटौला न पौडेल पक्षको नभइ काँग्रेस बाजुराको उम्मेद्धवारी रहेको वताएका छन् ।
शाहको प्यानलमा उपसभापति पदम बढुवाल, सचिबमा राजेन्द्र शाह बि.पी, भरत रोकाया, सहसचिबमा नन्द रोकाया र धन बहादुर रावत रहेका छन् । एकजना उपसभापतिमा भने छलफल पछि घोषणा गर्ने वताएका छन् । अन्य जिल्ला कार्यसमिति सदस्य तथा महाधिबेन प्रतिनिधिमा समेत उनको प्यानल बाट उम्मेद्धवारी घोषणा गरेका छन् ।
शाहले पत्रकार सम्मेलनमा उम्मेद्धवारी घोषणा गर्दै भने ब्यक्तिवादी, चरित्र, गुटगत स्वार्थ र गिरोहको हित रक्षा गर्ने प्रवृत्ति विरुद्ध आवाज उठानका लागि पाटिमा उम्मेद्धवारी दिएको वताए । पार्टि भित्रका तमाम अन्याय, अत्याचार, विकृती र विसंगती विरुद्ध लाग्न सबै लाई आग्रह समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा शाहले भने २०५१ सालको मध्यावधी निर्वाचनमा पार्टिले भोगेको पराजय सँगै संस्थागत भएको पार्टि भित्रको विग्रहलाई आफनै पहलमा मेलमिलापको ४ बुँदे सहमती गरी २०५६ को निर्वाचनमा सफलता भएको वताए । बन्द कोठा भित्र गरिएका फोहोरी खेल विरुद्ध आवाज नउठाउनु पनि आफैमा विडम्वना भएको शाहले वताए ।
शाहले सहमति, सहकार्य र सह अस्तित्वको अभियनामा साथ सहयोग र ऐक्यवद्धता रहिरहने गरि उम्मेद्धवारी रहेको घोषणा गरेका छन् । नेता शाह अहिले नेपाली काँग्रेस बाजुराको महाधिबेशन प्रतिनिधि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार