• होमपेज
  • राजनीति
  • काँग्रेसमा सम्धि-सम्धिको चर्चा:बोहरा जिल्ला सभापतिमा,रोकाया उप-सभापतिमा

काँग्रेसमा सम्धि-सम्धिको चर्चा:बोहरा जिल्ला सभापतिमा,रोकाया उप-सभापतिमा

  • बिहिबार, अशोज १४, २०७८
काँग्रेसमा सम्धि-सम्धिको चर्चा:बोहरा जिल्ला सभापतिमा,रोकाया उप-सभापतिमा

अर्थ जङ्ग शाही बझाङ  — नेपाली कांग्रेस बझाङ जिल्लाको आठौँ अधिवेशनमा जिल्ला कमिटी उप–सभापतिमा बर्क बहादुर रोकायाको चर्चा सुरु भएको छ भने,१४ औं महाअधिवेशनको सभापतिको उम्मेद्धारीमा खडक बहादुर बोहराको चर्चा सुरु भएको छ। सँकटकालिन समयमा माओवादीको हात बाट खुट्टा भाँचिदा सम्म् पिटाई खाएका रोकाया यति बेला बझाङको उप-सभापतिमा उम्मेद्धारी छन् भने, बोहरा पनि दुन्द्धकालमा पटक पटक यातनाको हिस्सेदार बनेका अहिले जिल्लाको सभापतिमा उम्मेद्धारी भएका छन्।

नयाँ तथा पुराना पुस्ता सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भने आजको युग विचार दृष्टीकोणको युग भएकाले पार्टीलाई ब्यक्तिले नभइ विधिले सञ्चालन गर्नु पर्दछ बोहराले बडिमालिका खबरलाई बताए। नेपालमा राजनीतिलाई व्यवसायका रुपमा लिन थालिएको छ, त्यहीँ भएर पनि राजनीतिप्रति आमनागरिकको नकारात्मक धारणा बन्दै गएको छ’, रोकायाले भने, ‘राजनितिलाई म सेवाका रुपमा स्थापित गर्छु ।’

रोकायाले भने -कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने उनले बताए । महाधिवेशन भनेको केवल नेतृत्व छनौट मात्र नभइ एउटा नितिगत बहस र छलफल गर्ने स्थल पनि भएको बोहराले बताए । आफू पदमा रहदाँ वा नहरदाँ आम जनता माझ म क्रियाशील रहेको र सदा रहने प्रणका साथ हाम्रो गौरवशील पार्टी काँग्रेस प्रतिको ईमान्दारिता,धैर्यता,सहनशीलता सक्रियता तथा राजनितिक उदाहरणीय मेरो त्यागको पुन:मूल्याङ्कन का साथ जिल्लामा देखिएका केही धारको अन्त्यगरी पूर्ण एकता न्याय पूर्ण स्थापनका लागी सदा अगाडि बढिरहने बोहराले बताएका छन्।

पार्टी हाम्रो पहिला देखी नै एकै हो, तर केही महिना अगाडि मात्र रोकायाको छोरी, बोहराको छोराले बिहे गरेको हुदाँ झन् हाम्रो सम्बन्धमा अटुट माया बढेको बोहराको छोरा असिम बोहरा (बिनोद) ले बडिमालीका खबरलाई बताए।

चर्चामा

सम्बन्धित समाचार