• होमपेज
  • राजनीति
  • बझाङ काँग्रेस उप-सभापतिमा रोकायाको चर्चा: भन्छन् राजनितीलाई म सेवाको रुपमा स्थापित गर्छु

बझाङ काँग्रेस उप-सभापतिमा रोकायाको चर्चा: भन्छन् राजनितीलाई म सेवाको रुपमा स्थापित गर्छु

  • बुधबार, अशोज १३, २०७८
बझाङ काँग्रेस उप-सभापतिमा रोकायाको चर्चा: भन्छन् राजनितीलाई म सेवाको रुपमा स्थापित गर्छु

अर्थ जङ्ग शाही/ बझाङ —  नेपाली कांग्रेस बझाङकाे उप–सभापतिमा बर्क बहादुर रोकायाको चर्चा सुरु भएको छ ।

नेपालमा राजनीतिलाई व्यवसायका रुपमा लिन थालिएको छ, त्यहीँ भएर पनि राजनीतिप्रति आमनागरिकको नकारात्मक धारणा बन्दै गएको छ’, रोकायाले भने, ‘राजनितिलाई म सेवाका रुपमा स्थापित गर्छु ।’

आफूले गुट र समूहको विश्वास नगर्ने बताउँदै उनले भने, ‘म कांग्रेस हुँ त्यसभन्दा अरु जान्दिन । अधिवेशनमा प्रतिस्पर्धा भए पनि अन्य समयमा कांग्रेस एकढिक्का हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार