काठमाडौँ — मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ओमानसँग हार व्यहोरेको छ ।
कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ को फराकिलो अन्तरले पराजित भएको हो ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।