• होमपेज
  • शिक्षा
  • बिद्यार्थीकाे समस्या बिद्यार्थीमा सिमित नराखाै, राष्ट्रिय समस्याका रूपमा पहिचान गराै

बिद्यार्थीकाे समस्या बिद्यार्थीमा सिमित नराखाै, राष्ट्रिय समस्याका रूपमा पहिचान गराै

  • सोमवार, भदौ १४, २०७८
बिद्यार्थीकाे समस्या बिद्यार्थीमा सिमित नराखाै, राष्ट्रिय समस्याका रूपमा पहिचान गराै

नेपालमा जनचाहाना तथा जनयुद्ध र जनआन्दोलनको लक्ष्य बिपरित थुपारिएको दलाल पुजिवादी संसदिय ब्यबस्थाले नेपाली जनता जनजिबिका ल्याएको प्रयास समस्याहरुको समधान होईन ।
यसलाई चरम संकटगस्थ बनाउने दिशातिर गरिरहेको छ हाम्रो देश नेपाल । त्यसैले अहिलेको समयमा सबैभन्दा ठुलो शैक्षिक क्षेत्रमा बढी असर देखिएको छ । एकातिर बिद्यार्थीहरुले आफ्नो अध्ययनलाई अनलाईनबाट अगाडी बढाउनु पर्ने देखिन्छ भने अर्कोतिर हामी जस्ता गरिबि परिबारमा हुर्केका बिद्यार्थीले अनलाईन कक्षाहरुबाट बन्चित हुनुपर्ने बाध्यता रहेको छ ।
ल मान्नो अनलाईन कक्षाहरु पढ्न सक्ने बिद्यार्थीहरुका लागी त यो प्रक्रिया ठिक हो अब बिहान , बेलुका एक छाक टार्ने समस्या पर्ने बिद्यार्थीहरुका लागी अहिलेको समयमा एक त नेट जोड्नपुर्ने र कक्षाहरु लिनुपर्ने बाध्यता रहेको छ भने । अर्को बिषय गरिबि निमुखा बिद्यार्थीहरुले मोबाईन किन्ने , रिचार्ज किन्ने लगायतका आवश्यक सामानहरु किन्ने कसरी सक्ने ? अर्को तिर बिद्यार्थीहरुले आफुले भौतिक रुपमा श्रोत र साघन प्रयोग नगरी कलेजमा अध्ययन नै नगरी कसरी मासिक तथा बार्षिक शुल्क बुझाउने र यो शुल्क असुल्ने काम बिभिन्न कलेजहरुबाट हुदै आएको छ ।
जबसम्म यस दलालहरुलाई सत्ताबाट हटाउन सकिदैन तबसम्म हामी यस्ता समस्या भएका बर्गका परिबार तथा बिद्यार्थीले यि समस्यामा अल्झिरहनु पर्ने अबस्था छ
के बिद्यार्थीहरुको नेतृत्व गर्ने कुनै संघ सङ्गठन छैन ? आखिर हामी किन चुप ? जबसम्म यि दलालहरुको सत्ता रहन्छ तबसम्म यस दलालहरुको सेवा गर्ने बिद्यार्थी संघ , संङ्गठनले पनि यि दलालको गुलनमि बाहेक अरु केहि परिबर्तन गर्न सक्दैनन ।उता ईन्जिनियरिङ्ग तर्फ बिद्यार्थीहरुको पढाई शुल्क बाहेक अरु शुल्क नलिनु भनेर सरकारले निर्देशन दिन्छ । किनकि उनिहरु ठुला धनि मानी गरिखाने , र माथिसम्म पहुच भएका अभिभावकका छोरा छोरी हुन । यता हामी निम्न बर्गका छोरी छोरीको समस्या कसले बुझ्ने , ? र कसले सुन्ने ? ए सरकार हामी बिद्यार्थी भनेका राष्टका गहना हो ! राष्ट्रका खम्बा हो ! त्यसैले हामीलाई असमानता ब्यबहार नदेखाउ र नगर ! यि समस्या सबैका समस्या हुन ? त्यसैले हामीलाई पनि राज्यले हेर्ने दुष्टिकोणमा समानता भएको हेर्ने चाहान्छौ । हामीलाई पनि ईन्जिनियरिङ्गका जस्तै पढाई बाहेक अरु कुनैपनि शुल्क नलिओस भनेर सरकारले सूचना गरिओस छसटो भन्दा छिटो ? अन्यथा हामीहरुले बिद्धोहको बाटो रोज्नुपर्ने अबस्था नआओस !
अन्तिममा के भन्ने चाहान्छु भने अति हुने खाने , पहुच र पावर भएका सत्तमा आफ्नो मान्छे भएका हरु बिभिन्न बाहानामा सरकारबाट फाईदा लुटिरहेका छन । अब हामी सामान्या बर्गका लागी थोरै भएपनि यि बिषयहरुमा ध्यान नदिएमा बिद्यार्थी युवा हरुले क्रान्तिको बाटो राज्नुपर्ने अबस्था सिर्जना नगरिओस नेपाल सरकारले । पढाई बाहेक अन्य बाहानमा राखिएका शिर्षकका सबै शुल्कहरु खारेज गर्ने त्तकाल देशभरका सबै कलेजहरुमा नेपाल सरकारले निर्देशन दिईओस । र यो निर्णय गरिओस ।

धन्यवाद
सबै बिद्यार्थीहरुको आवजलाई प्रतिनिधित्व गर्दै यो तयार परिएको सोध ” प्रत्र “

चर्चामा

सम्बन्धित समाचार