• होमपेज
  • विचार/ब्लग
  • बलिदानकाे इतिहास !!

बलिदानकाे इतिहास !!

  • आइतवार, भदौ ६, २०७८
बलिदानकाे इतिहास !!

जनक बि सि

हेर त देश निर्माण गर्ने सवालमा त बलिदानकाे संघर्षसिल इतिहास छ ।

काटेकाे हाे मारेको शरीर भरि रक्ताम्यै गराएर डाेलिमा बाेकेर हिडाए कै हाे ।

जनताको जल्दाबल्दा समस्यासँग मृत्युसँग न डराएर लडिरहेको हाे ।

दु:खिलाई साझ बिहान अहिले पनि के खाँऊ के लाऊ छ तर पनि लडिरहेको बलिदानकाे इतिहास छ ।

देश निर्माण गर्ने सवालमा इतिहासमा पटकपटक हाेनहार सपुतहरुले जीवन आँहुति दिएका छन ।

उनकै मार्गले हामीलाई ओतप्रोत गरेर बलिदानकाे इतिहासकाे पाठ सिकाएका छन।

जिवित सपूत भाेलिकाे लागि देश बचाउन हामी लडि रहेका छाै ।

शाषकहरुकाे दलाल नाेकरशाहलाई हामी खबरदारी गरि रहेका छाै ।

दलाल प्रबृति अवशरवाद याे निकै घातक र देश कै लागि हानिकारक प्रबृति ।

यिनै हाानिकारक प्रबृति र चिन्तन बाेकेर घुसपैठ भई रहन्छन पार्टी र संगठन भित्र जमजमति ।

संघर्ष त कहाँ सिद्धिन्छ र संघर्षले नै नयाँ धरातलकाे जन्म दिई रहन्छ ।

लडाइँमा लडेर धर्तीमा हामी बाचेकाहरुलाई संम्झाैताहिन संघर्ष गर्दै जाँउ बलिदानकाे इतिहासले यहीँ पाठ सिकाउछ ।

चर्चामा

सम्बन्धित समाचार