जब आकास बाट रिमझिम झरी लाग्छ,
बर्षा नि कयौं रात अनि दीनभरी लाग्छ।
धनिले लुफ्त लिदा गरिबकै लाग्छ दसा,
बर्षा मासकै झरी त खुब बेस्सरी लाग्छ।
गाईबस्तु पालेका गरिब किसान ज्यामी,
प्रणा भन्दा मयाँ उनैको घरी घरी लाग्छ।
जुन सुकै मौसममा पनि सुःखछैन यँहा,
भोक सोक र रोग पनि थरी थरी लाग्छ।
भिजेकै हुन्छन पसिना कहिले पानीमा,
जब बर्षायाम ठुलो झरी दरदरी लाग्छ।
मेलापर्व पनि यहि बेला लाग्दा गरिबले,
रिण गरेर पनि ल्यानस ओरापरी लाग्छ।
सुरेशकुमार पान्डे।